सोमबार, मंसिर १५, २०७७

दुई फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७६ असोज ३० गते १०:२८

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न मुद्दामा सजाय पाएका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ गरिएकाहरुमा उदयपुरको त्रियुगा नगरपालिका–१२ बस्ने १८ वर्षीय स्माइल अली र बारा जिल्ला निजगढका ५१ वर्षीय कृष्णबहादुर लामा रहेका छन् ।

प्राप्त सूचनाका आधारमा जिल्लाको पूर्वी क्षेत्रबाट बुधबार साँझ दुवै जनालाई पक्राउ गरिएको उदयपुरका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताए । अली सार्वजानिक मुद्दाका फरार हुन् भने लामा ठगी मुद्दाका फरार व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया