शुक्रबार, वैशाख १४, २०८१

सन्दीपले पाए हालसम्मकै उच्च मूल्य- १ करोड ४६ लाख

नेपालखोज २०७६ असोज ३० गते ११:०६

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता बर्मिङ्गम फिनिक्सबाट खेल्ने भएका छन् ।

बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप बर्मिङ्घम फिनिक्समा अनुबन्धित भएका हुन् । बर्मिङ्घमले सन्दीपलाई १ लाख पाउण्ड (१ करोड ४६ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो ।

विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् ।

सन्दीप बुधबार मात्रै युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी–टेन लिगका लागि समेत कर्नाटकामा अनुबन्धित भएका थिए । उनलाई ४५ हजार अमेरिकी डलर मूल्यमा कर्नाटकाले अनुबन्ध गरेको हो । प्रतियोगिता सन् २०२० को १७ जुलाईदेखि १६ अगष्टसम्म आयोजना हुनेछ ।

प्रतिक्रिया