बिहीबार, चैत १५, २०८०

कप्तानसहित तीन खेलाडीलाई प्रतिबन्ध !

नेपालखोज २०७६ असोज ३० गते ११:१६

काठमाडौं । टी-२० विश्वकप छनोट खेल शुरू हुनै लाग्दा यूएईका कप्तानसहित तीन क्रिकेट खेलाडी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्रतिबन्धमा परेका छन् ।

आईसीसीले म्याच फिक्सिङको आरोपमा कप्तान मोहमद नाभिद, शाइमन अनवर र क्वाडर अहमेदलाई निलम्बन गरेको हो । आईसीसीले प्रेस विज्ञप्ति निकाल्दै तत्काल लागु हुने गरी कप्तान नाभिदसहित तीन खेलाडीलाई प्रतिबन्धमा पारेको हो । २०२० मा अष्ट्रेलियामा हुने टी-२० विश्वकपको लागि यूएईमा यही शुक्रबारदेखि छनोट प्रतियोगिता सुरु हुँदैछ ।

प्रतियोगिताअघि आफ्ना तीन खेलाडीले खेल मिलेमतो गर्दै भ्रष्टाचार गरेको आरोपमा निलम्बन परेपछि यूएई टिम समस्यामा आएको छ ।

प्रतिक्रिया