बुधबार, वैशाख १२, २०८१

दाङमा पक्राउ परेका विप्लव समूहका २१ जनाको सूची

नेपालखोज २०७६ असोज ३० गते १२:०७

काठमाडौं । दाङको गढवा गाउँपालिकास्थित बैठक स्थलबाटै विप्लव समूहका २१ नेतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रबहादुर चन्द पनि रहेका छन् । उनी पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु हुन् भने पार्टीका केन्द्रीय सदस्य तथा पश्चिम कमाण्ड र लुम्बिनी ब्यूरो इन्चार्ज पनि हुन्।

पक्राउ पर्नेको २१ जनाको सूची

१) चन्द्रबहादुर चन्द (वीरजङ्ग) – केन्द्रीय सदस्य, लुम्बिनी ब्यूरो र मध्य पश्चिम कमाण्ड ईन्चार्ज

२) केशवबहादुर बाँठा मगर (सुवास) – राप्ती ब्युरो ईन्चार्ज

३) रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक

४) सविन पोख्रेल – राप्ती ब्युरो कार्यालय सचिव

५) यमलाल कटुवाल(विक्रम)- दाङ जिल्ला ईन्चार्ज

६) प्रदीप वली – दाङ जिल्ला सेक्रेटरी

७) बविन केसी (जंगली) – युवा संगठन नेपाल केन्द्रीय अध्यक्ष

८) सुनिल पौडेल– बुद्धिजिवी

९) एकराज चौधरी- एरिया नम्बर ४ ईन्चार्ज, जिल्ला जनपरिषद् सदस्य

१०) धनबहादुर बोहोरा (महान)- एरिया नम्बर १ ईन्चार्ज, राजपुर गाँउपालिका सेक्रेटरी

११) तिलक पुन- पूर्व जनमुक्ति सेना

१२) सुरज विक- दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष

१३) हितप्रसाद रोका- पार्टी सदस्य

१४) पोष्टमान घर्ती- रोल्पा जिल्ला सदस्य

१५) दलबहादुर खत्री

१६) अमित घर्ती मगर

१७) बालकृष्ण शर्मा

१८) जीत क्षेत्री

१९) रमेश आचार्य

२०) बिष्णु थापा

२१) कुलबहादुर ओली

प्रतिक्रिया