शुक्रबार, चैत १६, २०८०

नेपाल—भारत सीमामा आतंककारी प्रवेश, अब के हुन्छ ?

नेपालखोज २०७६ असोज ३० गते १६:०९

३० असोज, काठमाडौँ । भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले तिहारमा सम्भावित आतंकवादी हमलाका योजनाकार नेपाल हुँदै भारत छिर्ने क्रममा रहेको दाबी गरेको छ । एनआईएले सबुतसहित पाएको सूचना सार्वजनिक गर्दै पाँच जना आतंककारी नेपाल–भारत सीमामा देखिएको दाबी गरेको हो ।

आतंककारीले तिहारमा भारतका विभिन्न शहरमा विस्फोट गराउने विषयको रेकर्ड समेत पाएको एनआईएले जनाएको छ । एनआईएका अनुसार आतंककारीले पहिले नेपाल जाने र त्यसपछि दिल्ली पुग्ने उल्लेख गरेका थिए । एनआइएका अनुसार नेपाली सीमामा पाँच आतंकवादीहरु सेतो रंगको डिजायर कारमा देखिएको जनाएको छ ।

एनआइए आतंककारीहरु विरुद्ध कारबाही गर्न सबैभन्दा ठूलो अनुसन्धान एजेन्सी हो । एनआईएले यसरी सूचना बाहिर ल्याएको यो पहिलो पटक हो ।

यता, भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार नेपाल भारत सीमामा सुरक्षा बढाइएको छ भने आउने जानेमाथि निगरानी समेत बढाइएको छ । तर, नेपाली पक्षलाई भने कुनै जानकारी नआएको गृहमन्त्रालयले बताएको छ ।

प्रतिक्रिया