बिहीबार, वैशाख ६, २०८१

आँखामा धुलोको असर कम गर्न के गर्ने ?

नेपालखोज २०७६ कार्तिक १ गते ९:००

धुलो तथा धुवाँका कारण आँखामा समस्या आउँछ । त्यसैले शरीरको सबैभन्दा संवेदनशील अंग आँखाको हेरचाहमा हामीले निकै ध्यान दिनुपर्छ । सानो गल्तीले आँखामा ठूला समस्या आउन सक्छ । आँखालाई स्वस्थ नराख्दा चिलाउने, इन्फेक्सन हुनेजस्ता रोग देखा पर्छन् । धुलो परेर समयमा उपचार नगर्दा आँखा फुट्ने, आँखा देख्न बन्द हुनेजस्ता समस्या देखिन्छन् ।

  •  बिहान र बेलुका कम्तीमा दुईपटक सफा पानीले आँखा पखाल्नुपर्छ । सामान्य आँखाको आँसुले धुलोका कण निकाल्न सहयोग गर्छ ।
  •  घरबाट बाहिर हिँड्दा आँखामा चस्मा प्रयोग गर्नुहोला । चस्माले आँखामा धुलो पर्नबाट रोक्छ ।
  •  सडकको धुलो, गाडीबाट निस्कने धुलो–धुवाँको कारण आँखामा इन्फेक्सन हुनुका साथै आँखा चिलाउन सक्छ, यस्तोमा हातले आँखामा छुनु हुँदैन । बरु, सफा पानीले हात र त्यसपछि आँखा सफा गर्नुपर्छ ।
  •  आँखामा धुलो प-यो भने मिच्नुहुँदैन । आँखा मिच्दा आँखामा धुलोको कण रगडिने हुँदा रातो हुन्छ । रातो भाग बढ्दै जाँदा यसले दृष्टिविहीन बनाउन सक्छ ।
  •  आँखा छिटो–छिटो बन्द गर्दै, खोल्दै गर्नुपर्छ । लगातार आँखा हेरिरह्यो भने आँखामा धेरै धुलो पर्छ । आँखा छिटो–छिटो बन्द गर्दै खोल्दै गर्दा आँखामा धुलो कम पस्छ । र, आँखालाई धुलोबाट जोगाउन सकिन्छ ।

प्रतिक्रिया