बिहीबार, वैशाख १३, २०८१

नौविसे—नागढुंगा सडक शुक्रबार साँझसम्म एकतर्फी मात्र सञ्चालन हुने

नेपालखोज २०७६ कार्तिक १ गते १२:४१

१ कात्तिक, काठमाडौँ। नौविसे —नागढुंगा सडक शुक्रबार अपराहृनसम्म एकतर्फी मात्रै सञ्चालन हुने भएको छ । नौविसे—नागढुंगा सडकखण्ड अन्तर्गतको धादिङको धुनिवेशी नगरपालिका स्याउलीदेखि सिक्रखोलासम्म सडक कालोपत्रे र मर्मतको काम भइरहेकोले सवारी आवागमन एकतर्फी सञ्चालन भएको हो ।

दिनभर एकतर्फी मात्रै सवारी सञ्चालन हुँदा शुक्रबार अझैं जाम हुने देखिएको छ । एकतर्फी सवारी सञ्चालनका कारण समस्या हुने भएकोले ओभरटेक नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले सवारी चालकलाई सचे गराएको छ । साथै केही समस्या वा गुनासो भए यात्रु सहायता कक्षमा सम्पर्क गर्न यात्रुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया