मंगलबार, वैशाख ४, २०८१

बार्साको नेतृत्वमा जोआन लापोर्टा

नेपालखोज २०७७ फागुन २४ गते ९:००

क्याटलान वकिल जोआन लापोर्टा स्पेनिस महारथी क्लब बार्सिलोनाको नेतृत्वमा फर्किएका छन् । आइतबार भएको निर्वाचनमा उनले भिक्टर फन्ट र टोनी फ्रेइक्सालाई राजित गरे । लापोर्टाले सन् २००३ देखि सन् २०१० सम्म बार्सिलोनाको नेतृत्व लिइसकेका छन् ।

उनलाई कुल मतको ५४।२८ अर्थात ३० हजार १ सय ८४ मत आएको थियो । उनी सन् २०२६ सम्म बार्सिलोनाको नेतृत्वमा रहनेछन् । निर्वाचनमा सहज जित हासिल गरेसँगै बार्सिलोनाको इतिहासमा लापोर्टा ४२ औं अध्यक्ष बनेका छन् ।

यो चुनावी नतिजा अप्रत्यासित होइन किनभने अधिकांश समर्थकहरु लापोर्टा पदमा फर्किएको हेर्न चाहन्थे । उनले प्रतिस्पर्धीलाई धेरै नै मतान्तरले पछि पारेका छन् । उनका प्रतिस्पर्धी फन्टले ९ हजार २६५ र फ्रेइक्साले २ हजार ६३४ मत पाए ।

सन् २००३ को जुनमा अध्यक्षमा निर्वाचित हुँदा लापोर्टाले ५२।६ प्रतिशत अर्थात २७ हजार १३८ मत ल्याएका थिए । यसपल्ट मतदानका लागि फरक फरक ६ स्थानबाट मतदानको व्यवस्था मिलाइएको थियो । हुलाकबाट पनि मतदानको व्यवस्था थियो । यो व्यवस्थाको उपयोग २० हजार भन्दा बढी गरेका थिए । नयाँ बोर्डको बैठक १० दिनभित्र बस्नेछ ।

प्रतिक्रिया