बुधबार, वैशाख १२, २०८१

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा जम्मा ४ प्रतिशत पूँजीगत खर्च

नेपालखोज २०७६ कार्तिक १ गते १३:१४

१ कात्तिक, काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले ४ दशमलब ४१ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ । सरकारले समयमै चालू आर्थिक वर्षको बजेट सार्वजनिक गरेतापनि पूँजीगत खर्चमा भने उत्साहजनक वृद्धि गर्न नसकेको देखिएको छ।

यस आर्थिक वर्षको बजेटमा सरकारले ४ खर्ब ८ अर्ब रुपैयाँ पूँजीगत खर्च छुट्ट्याइएकोमा चालु आर्थिक वर्षको पहिलो तीन महिना बित्दा अर्थात कार्तिक १ गतेसम्म १८ अर्ब ३६ करोड ७१ लाख रुपैयाँ पूँजीगत खर्च भएको छ ।

त्यसैगरी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले कुल लक्ष्यको १६.४३ प्रतिशत राजश्व संकलन गरेको गरेको छ । सरकारले यस अवधिसम्ममा एक खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ बराबरको राजश्व संकलन गरेको हो । सरकारले चालू आवमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेको छ ।

चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट पेश गरिएकोमा पूँजीगत शीर्षकमा कूल बजेटको ४ खर्ब ८ अर्ब रुपैयाँ, चालु खर्चमा ९ खर्ब ५७ अर्ब १० रुपैयाँ र वित्तीय व्यवस्थापनमा एक खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

प्रतिक्रिया