भन्सार छली गरी ल्याएको समान बरामद
नेपालखोज
२०७६ कार्तिक ४ गते १३:५८
वीरगञ्ज । साढे ५ लाख मुल्य बराबरको भन्सार छलीका गरी ल्याएको समान सशस्त्र प्रहरीले पर्सा बरामद गरेको छ । भारतबाट भन्सार छली गरी नेपाल ल्याउँदै गरेको ५ लाख ५८ हजार रुपैयाँको समान बरामद गरेको हो ।
सशस्त्र प्रहरीको भन्सार गस्ती तथा सुरक्षाका लागि खटिएको गुल्मको टोलीले चेकजाँच गर्ने लत्ताकपडा, हार्डवयर, मोटरपार्टस, किराना सामान बरामद गरी गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
‘कुनै टोलीले गाडी धुने मेशिन बरामद गरेका छन्, कुनैले फिल्म सुटिङ गर्ने क्यामेरा, केराउ सहित मोटरसाईकल पनि समातिएको छ,’ उनले भने, ‘जुत्ता, कपडा, किराना र हार्डवेयरका समान पनि अबैध रुपमा भित्र्याएको अवस्थामा नियन्त्रणमा लिएका छौं । एकै दिनमा सबैतिरबाट ५ लाख ५८ हजार मुल्य बराबरको समान बरामद भएको छ ।’
बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया