शुक्रबार, चैत १६, २०८०

आजको राशिफल

नेपालखोज २०७६ कार्तिक ५ गते ६:०१

आज ०५ कार्तिक २०७६ मंगलवार को राशिफल

मेष

कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । बन्दव्यापारमा मन्दी छाउनेछ ।

मिथुन

राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

सिंह

यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साँझमा आर्थिक सङ्कट आउन सक्छ ।

तुला

रमणीय र सुखद् यात्राको योग छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

धनु

प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आइलाग्नेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

कुम्भ

आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमकोपनि उचित मूल्याङ्कन हुनेछ ।

बृष

मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

कर्कट

घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

कन्या

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

बृश्चिक

रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेषसहयोग मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।

मकर

नसोचेको ठाउँ बाट धन हात पर्नेछ । नयाँ काममा हात हाल्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा अधिक धनार्जन हुनेछ ।

मीन

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । छोटो दुरीको लाभदायक यात्रा रहला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।

प्रतिक्रिया