शुक्रबार, वैशाख १४, २०८१

सत्ताधारी दुई अध्यक्ष ओली र दाहालवीच खट्पट शुरु

नेपालखोज २०७६ कार्तिक ५ गते ६:१५

५ कार्तिक, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालकै बीचमा खटपट सुरु भएको छ।
पार्टी एकताका क्रममा भएको पाँचबुँदे सहमतिभन्दा नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव र कार्यकारी अधिकार दाहाललाई दिन ओलीले अनिच्छा देखाएपछि दुई अध्यक्षबीच विवाद देखा परेको हो।

‘असमझदारी केही बढ्न थालेको छ, प्रधानमन्त्रीमा विगतका सहमति÷समझदारीमा अडिने सवालमा केही समस्या देखा पर्न थालेको छ,’ दाहालनिकट स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने, ‘पार्टीमा देखा पर्न थालेको असमझदारीका विषयमा उहाँहरू (ओली(दाहाल) केही दिनयता छलफलमै हुनुहुन्छ।’

ओली र दाहाल सोमबार बिहान र साँझ गरी दुईपटक बालुवाटारमा भेटवार्ता भएको थियो। आइतबार पनि यी दुई नेताले छलफल गरेका थिए। दुई नेताबीच कार्यकारी अधिकार, सभामुख चयन, चिनियाँ प्रस्ताव ‘बीआरआई’ (बेल्ट एन्ड रोड इनिसिएटिभ) र अमेरिकी रणनीति ‘इन्डो प्यासिफिक’ लाई बुझ्नेलगायतका विषयमा एकरुपता छैन। विवाद बढ्दै जाँदा अहिले एकले अर्को नेताले दिएका अभिव्यक्तिका विषयमा खण्डन गर्ने र तिखो आलोचनामा उत्रने समेत गर्न थालेका छन्। ओलीका अभिव्यक्तिमा दाहालले र दाहालका अभिव्यक्तिमा ओलीले टिप्पणी गर्न थालेका छन्।

ओलीनिकट एक नेताले दुई अध्यक्षबीचको छलफललाई मतभेदका रुपमा भन्दा पनि समझदारी निर्माणका लागि भएको प्रयासका रुपमा बुझ्न आग्रह गरे। ती नेताले भने, ‘उहाँहरू छलफलमा हुनुहुन्छ, छलफलबाटै एउटा निर्णयमा पुग्नुहुन्छ।’

ओलीले दाहालले प्रतिपक्षी दल कांग्रेसको चियापान कार्यक्रमदेखिका सार्वजनिक सम्बोधनमा व्यक्त असन्तुष्टि आफ्ना इच्छा पूरा नहँुदा गरेको निराशाको अभिव्यक्तिका रुपमा अथ्र्याएका थिए। कुराकानीका क्रममा ओलीले भनेका थिए, ‘कुनै व्यक्तिको कुनै इच्छा पूरा नहुन सक्छ, नभएको हुनसक्छ। कुनै असन्तुष्टि हुन सक्छ। त्यसो गर्दा प्रणालीमै, आन्दोलनमै क्यान्सर हुन लागेको, अल्सर छिप्पियो भन्ने हुँदैन। नकारात्मकताको मौसम चलेको छ भन्दैमा त्यतै लागेर निराशाको कुरा गर्नु हुँदैन।’

दाहालले कांग्रेसको चियापानमा पुगेर दुई तिहाइ ठूलो कुरा नभएको र कांग्रेससँग पनि सहकार्य गरेर अगाडि जान सक्नेदेखि पार्टीभित्र ग्यास्ट्रिक र अल्सरजस्ता रोग लाग्न थालेको सार्वजनिक अभिव्यक्ति दिएका थिए। यस्ता अभिव्यक्तिले दुई अध्यक्ष एक(अर्कासँग सशंकित बन्न थालेका छन्। दुई अध्यक्षबीच तिक्तता बढ्न थालेपछि ओलीले शनिबार दाहाललाई छलफलका लागि बालुवाटार बोलाएका थिए। तर दाहाल ओलीले बोलाएको समयमा बालुवाटार नगई सपरिवार सिन्धुपाल्चोकको झुले पुगेका थिए। त्यसपछि आइतबार बिहान ओली र दाहालबीच टेलिफोन सम्वाद भएको थियो। सम्वादका क्रममा दाहालले पार्टी स्थायी समिति बैठक र केन्द्रीय समिति बैठक बोलाउन माग गरेको दाहालनिकट नेता बताउँछन्।

‘कात्तिक १७÷१८ गते पार्टी स्थायी समिति बैठक बोलाउन अध्यक्ष ९दाहाल० ले प्रधानमन्त्रीलाई प्रस्ताव गर्नुभयो,’ दाहालनिकट एक नेताले भने, ‘प्रधानमन्त्रीले क्यालेन्डर हेरेर छलफलबाट टुंगो लगाउन आफू तयार रहेको जवाफ दिनुभएको थियो।’

त्यसैका लागि अहिले दुई अध्यक्ष निरन्तर छलफलमा रहेका ती नेताले बताए। अन्नपूर्णसँगको आइतबारको विशेष सम्वादका क्रममा पनि ओलीले क्यालेन्डर हेरेर पार्टी स्थायी समिति बैठक बोलाउन र चुनाव अगाडिसम्म सकभर मिले छोटो केन्द्रीय समिति बैठक बोलाउन सकिने पनि बताएका थिए।

दाहाललाई संसद्मा अनुमोदनका क्रममा रहेको मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० प्रस्ताव कुनै न कुनै रुपमा अहिले अमेरिकी रणनीतिअन्र्तगतको ‘इन्डो प्यासिफिक’ सँग नै जोडिएको भान परिरहेको छ। त्यसका लागि उनी यसका केही सर्तहरूका विषयमा प्रश्न उठेको र त्यसलाई पार्टीमा छलफल गरेर प्रष्ट पारेपछि मात्र संसद्मा अनुमोदनको क्रममा लैजानुपर्ने पक्षमा देखिएका छन्। तर ओली यो विषय इन्डो प्यासिफिकसँग नजोडिने भन्दै यसलाई संसद्को बजेट अधिवेशनमा पारित गर्नुपर्नेमा त्यसबेला सभामुख रहेका कृष्णवहादुर महराकै अनिच्छाका कारण रोकिएको आरोप लगाइरहेका छन्। यसले पनि ओली(दाहालमा थप अविश्वास उत्पन्न गराएको छ।

प्रधानमन्त्री ओलीको भदौ ५ को सिंगापुर भ्रमणअघि नेता वामदेव गौतमलाई उपाध्यक्ष, झलनाथ खनालको वरिष्ठतासँगै दाहाललाई पार्टी कामको जिम्मा दिने समझदारी नेताहरूबीच भएको दाहाल पक्षका नेताहरू बताउँछन्। सोही समझदारीअनुसार सचिवालयले खनाल र गौतमका विषयमा निर्णय लिए पनि दाहाललाई ओली नहुँदा एउटा बैठकका लागि मात्र पार्टीको अध्यक्षता गर्न दिएको र त्यसपछि फेरि प्रधानमन्त्रीले अधिकार दिन अनिच्छा देखाएकोमा दाहाल ओलीसँग झस्किएका छन्।

‘प्रधानमन्त्रीले पार्टी एकताअघि बोलेका कुराहरू चलाखीपूर्ण हुँदा रहेछन, बोल्ने तर कार्यान्वयनमा नलैजाने, यो विषयमा अहिले अध्यक्ष ९दाहाल० प्रष्ट हुनुभएको छ,’ सोमबार नै खुमलटार पुगेर दाहाललाई भेटेका उनीनिकट अर्का एक केन्द्रीय सदस्यले भने, ‘प्रधानमन्त्री आफ्नै हातमा सबै अधिकार राख्न आफूअनुकूलको कुरा गर्ने गर्नुहुँदो रहेछ, अब त्यसरी हुँदैन, जमेर कुरा गरेर अगाडि जाने सोच अध्यक्ष ९दाहाल० ले बनाउनु भएको देखिन्छ।’

ओली भने पार्टी एकताका क्रममा दुई अध्यक्षको व्यवस्था भएकाले दाहालको चाहनाअनुसारको अधिकार छाड्ने पक्षमा देखिँदैनन्। उनले पार्टी र सरकार दुवैको नेतृत्वमा आफ्नो पकड कायमै राख्न चाहेका छन्। त्यसका लागि उनले पार्टीमा आफूनिकट नेताहरूसँग गरेको परामर्शमा नेताहरूले पनि नछोड्न ओलीमाथि दबाब बढाएका छन्। दाहालले पनि आफूनिकट नेतादेखि वरिष्ठ नेता माधव नेपाल, वामदेव गौतमलगायत नेताहरूसँग भेटवार्ता गरिरहेको अन्नपूर्णले प्रकाशित गरेको छ ।

प्रतिक्रिया