शुक्रबार, वैशाख ७, २०८१

महिलालाई डोजरले हुत्याउने डोजर चालक पक्राउ

नेपालखोज २०७६ कार्तिक ५ गते १२:४८

बैतडी । बैतडी दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा महिलालाई डोजरले हुत्याउने डोजर चालक पक्राउ परेका छन्। सुण्नाखानदेखि पार्स सम्मको सडक निर्माणका बिषयमा सहमतिविपरीत सडक निर्माण गर्न थालिएको भन्दै एउटा पक्ष विरोधमा उत्रिएपछि सोमबार झडप भएको हो ।

सामाजिक संजालमा महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बोहरामाथि हाल अनुसन्धान भइरहेको छ।

यो घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ ।

प्रतिक्रिया