शुक्रबार, वैशाख ७, २०८१

दुर्गेश थापाको ‘तिहार गीत’ युट्यूबबाट हट्यो

नेपालखोज २०७६ कार्तिक ५ गते १४:२४

काठमाडाैं । गायक दुर्गेश थापाले तिहार लक्षित गरी गाएको ‘तिहार गीत’यूट्यूवबाट हटाएका छन् । थापाले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडाैंमा उजुरी परेपछि प्रहरीले थापालाई पक्राउ गरेको थियो ।

उक्त गीतमा उनले मदिरा र गाँजालाई खानुपर्छ भन्ने शब्द प्रयोग गरेका छन् । यही कुरालाई लिएर उक्त गीत विवादित बनेको थियो ।

थापासँग सोधपुछ गरी सामाजिक सहिष्णुता बिगार्ने शब्द प्रयोग गरिएको गीत हटाएर छोड्ने प्रहरीको भनाइ थियो । प्रहरी प्रशासनबाट गित हटाउनु भनेपछि अाफूले गित हटाएको थापाले बताएका छन् ।

थापाको च्यानलबाट गीत हटे पनि अन्य व्यक्तिहरुले कपि गरेर यूट्यूबमा राखेका छन् ।

प्रतिक्रिया