सोमबार, चैत ३, २०८१

प्रचण्ड–नेपाल निर्वाचन आयोगमा

नेपालखोज २०७७ पुष २७ गते १२:४८

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका दुवैजना अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन आयोग पुगेका छन् ।

Advertisement

आयोगले पुष २३ गते पठाएको पत्र र अगाडि बढाइएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन प्रचण्ड–नेपाल निर्वाचन आयोग गएका हुन् ।

आयोगले पुस १७ गते पठाएको पत्रप्रति नै आपत्ति जनाएका प्रचण्ड–नेपाल खेमालाई फेरि २३ गते सात दिनभित्र सुधारसहितको थप विवरण उपलब्ध गराउनमा भनेपछि भौतिक रुपमै आपत्ति जनाउन आयोग गएका हुन् ।

उनीहरुले नेकपाको बहुमत केन्द्रीय सदस्य आफूसँग भएकाले आधिकारिकता दिनुपर्ने माग राखेका छन् ।

निर्वाचन प्रक्रिया अगाडि बढाएर सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न खोजेकाले आपत्ति जनाउन दुवै अध्यक्षहरु निर्वाचन आयोग गएका हुन् ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक रहेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूह आन्दोलनमा छ ।

प्रतिक्रिया