बिहीबार, चैत १५, २०८०

स्वास्थ्य मन्त्रालयका उपसचिवको कम्प्युटरमा कार्यालय समयमै छोरा गेम खेल्छन्

नेपालखोज २०७६ कार्तिक ७ गते ७:४७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव भबनाथ खतिवडाको कार्यकक्षमै रहेको कम्प्यूटरको दुरुपयोग भएको छ ।

उपसचिव खतिवडाको कार्यकक्षमा रहेको कम्प्यूटर कार्यालयकै समयमा उनका छोराले गेम खेलेर बसेको भेटिएको छ । मन्त्रालयका उपसचिव खतिवडाले भने, ‘घर एक्लै हुने भएपछि छोरालाई यहाँ ल्याएको हुँ ।आगामी दिनमा यस्तो हुन दिन्नँ ।’ कार्यालय समयमा कम्प्यूटरको दुरुपयोग हुँदा पनि स्वास्थ्य मन्त्रालय मौन छ । यो समाचार राजधानी दैनिकले लेखेको छ ।

प्रतिक्रिया