बुधबार, वैशाख १२, २०८१

दिनहुँ एउटा ल्वाङ्ग खाँदा हुने फाईदाहरु ?

नेपालखोज २०७६ कार्तिक ७ गते ८:१६

हाम्राे भान्छाघरमा बिभिन्न परिकारको लागि खानाको स्वाद बढाउन ल्वाङलाई मसलाको रुपमा प्रयोग गर्दछौ । ल्वाङ्गले हाम्रो स्वास्थ्यमा धेरै फाईदा पुर्याउँछ । ल्वाङमा युजेनल नामक तत्व हुने भएकोले स्वास्थ्यसम्बन्धि समस्याबाट मुक्त हुन मद्दत गर्छ भने बिभिन्न रोगको उपचारको लागि प्रयोग हुन्छ ।

ल्वाङ्गका फाइदाहरु:
– यसको दिनहु प्रयोगले तपाइँ भित्र जोश , जागर र नया सोच उत्पन्न गराउछ, जसले गर्दा तपाइको श्रीमान र श्रीमती संग सम्बन्ध राम्रो रहन्छ ।

– दुई तीनवटा ल्वाङलाई हल्का भुटेर मुखमा राखेर चुस्दा मुखको घाउ निको हुन्छ ।

– सास गन्हाउने समस्याबाट मुक्ति पाउन,मद्दत गर्दछ ।

– जाडो मौसमा ल्वाङ्गले गर्मी उत्पन्न गराउने हुदा यसको दिनहु प्रयोगले तपाईलाई जाडोबाट बचाउन मद्दत गर्दछ ।

– तोरीको तेलमा ल्वाङलाई पिसेर गर्धनको मसाज गर्दा गर्धन दुख्ने समस्याबाट राहत मिल्छ ।

– ल्वाङ्गको प्रयोग गर्नाले तपाइको रगत सफा हुन्छ जसले गर्दा तपाइको स्वास्थ्य स्वस्थ रहन्छ ।

– दाँतको दुखाइमा राहत पाउनको लागि एक चम्चा कागतीको रसमा ल्वाङ पिसेर त्यो मिश्रण दाँतमा लगाउदा दुखाई कम हुन्छ ।

प्रतिक्रिया