बुधबार, वैशाख १९, २०८१

अंग्रेजी अक्षर Y बाट नाम सुरू हुने मान्छे कस्ता हुन्छन् ?

नेपालखोज २०७७ चैत २७ गते ७:००

Y बाट नाम सुरू हुने मान्छेहरू बच्चाहरु र वृद्धवृद्धाको खुबै ख्याल राख्दछन् । त्यसै कारण यिनीहरुले वृद्धावस्थामा निकै माया पाएका हुन्छन् । यिनीहरुलाई वृद्धावस्थामा भेट्न आउने मान्छेहरु निकै हुने गर्दछन् । यी धनी बिस्तारै बन्छन् । यी चिठ्ठा र गैर जिम्मेवार तरिकाबाट धन कमाउने मनसाय राख्दैनन् । यी आफ्नो पेशा र व्यवसायलाई खुबै माया गर्दछन् । यिनीहरु लाज नमानी आफ्ना कुराहरु अरुलाई पनि बाँढ्दछन् । यिनीहरुले आफूले गरेको काममा कहिले पनि हीनताबोध गर्दैनन् । त्यही कारण यी जीवनमा सफल भएका हुन्छन् ।

 यी निकै मजबुत निर्णय लिन्छन् । यिनीहरुलाई आफ्नो परिवारको सदस्बाट निकै सहयोग पनि प्राप्त भएको हुन्छ । यी ज्यादातर पितृभक्त पाइन्छन् । यिनीहरुले काका, भतिजा, दिदी, बहिनी, फूपू लगायत सबैसँग मिठो र मायालु सम्बन्ध गाँसेका हुन्छन् । यी एकदमै चतुर निर्णय लिन्छन् । यिनीहरुले पावरफुल मान्छेलाई पनि साइजमा राखेका हुन्छन् । तसर्थ यिनको अगाडि कुरा काट्न सक्ने मान्छे कमै हुन्छ । यी ज्यादै कामुक स्वभावका हुन्छन् । यिनीहरुको यौनजीवन एकदमै सन्तुष्ट किसिमको रहेको पाइन्छ । 

यी आफूले भने जस्तो नभएमा एकलकाटे भएर पनि जीवन बिताइरहेको देख्न सकिन्छ । यी धन सम्पत्तिको ज्यादै चाहना राख्ने कारण कहिले काँहि दुर्घटनामा पनि परिरहेका हुन्छन् । एकै स्थानमा स्थिर नहुने चरित्र भएको कारण कतिपय अवस्थामा यिनलाई विभिन्न खाले आरोपहरु लाग्न सक्छ ।  यी एकदमै थोरै प्रतिक्रिया दिन्छन् । यिनीहरु मनमनै प्लान बनाउँछन् र त्यसलाई कार्यान्वयन गर्दछन् ।  

 यिनीहरु समाजका हरेक तप्काका मान्छेहरुसँग भिजेर काम गर्न रुचाउँछन् । यी अवसर प्राप्त नहुने कामदेखि टाढा रहन रुचाउँछन् । यी थोरै फाइदावादी हुन्छन् । यिनीहरु शारिरिक काममा मात्र होइन मानसिक काम गर्न पनि अत्यन्तै सक्रिय हुन्छन् । 

प्रतिक्रिया