बिहीबार, वैशाख १३, २०८१

रगतको नमुना दिन महरालाई अदालतको आदेश

नेपालखोज २०७६ कार्तिक ८ गते ७:१७

८ कार्तिक, काठमाडौँ । संसद सचिवालयकी एक कर्मचारीलाइ यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिएनए परीक्षणका लागि रगत दिन काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ ।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुनेगरी ७ दिन अनुसन्धानको समय थप्दै परीक्षणका लागि रगत दिन आदेश दिएको हो ।

प्रहरी अनुसन्धान अधिकृतले डिएनए परीक्षण नगरी आरोपबारे अनुसन्धान गर्न नसकिने भन्दै आदेशको माग गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया