शनिबार, वैशाख १५, २०८१

बमकाण्डका आरोपी सांसद् आलमको म्याद ८ दिन थप

नेपालखोज २०७६ कार्तिक ८ गते ११:५४

८ कार्तिक, रौतहट । बुध कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा क्षेत्र नं. २ का सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब प्रहरीको नियन्त्रणमा छन् । आलमलाइ प्रहरीले गत असोज २६ गते प्रकाउ गरेको थियो ।

अनुसन्धानका लागि प्रहरीले गत असोज २८ मा ७ दिनको म्याद थप गरेको थियो । उक्त समयमा अनुसन्धान नसकिएकाले प्रहरीले समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीश उमानाथ गौतमको इजलासले  ८ दिन म्याद थप गरेको हो ।

म्याद थपपछि आलमलाई पुन: जिल्ला प्रहरी कार्यालय, रौतहट लगिएको छ ।

प्रतिक्रिया