शुक्रबार, वैशाख १४, २०८१

रौतहटमा कांग्रेसले निकाल्यो आलमको पक्षमा मौन जुलुस

नेपालखोज २०७६ कार्तिक ८ गते १३:३४

८ कात्तिक, रौतहट । बुध कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा क्षेत्र नं. २ का सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब प्रहरीको नियन्त्रणमा छन् ।

प्रहरीको नियन्त्रणमा रहेका सांसद आलमको घटनाको निष्पक्ष छानबिनको माग गर्दै शुक्रबार नेपाली कांग्रेसले रौतहटमा मौन जुलुस निकालेको छ ।

गौरको बीपीचोकदेखि शरू भएको जुलुस अदालत र यहाँको मुख्य सडक हुँदै नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।

आलमलाई प्रहरीले गत असोज २६ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया