बिहीबार, वैशाख १३, २०८१

आशा लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७६ कार्तिक ८ गते १५:२०

८ कार्तिक काडमाडाैं । आशा लघुवित्त वित्तीय संस्थाले नुवाकोटको, ककनीमा तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष निर्गुण प्रसाद भट्टचनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७५-७६मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारेका थिए ।

उनले चालू आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रमहरुबारे पनि प्रष्ट पारे । संस्थापक अध्यक्ष राम बहादुर पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५-७६ को वित्तीय विवरणहरु पारित गरेको छ । सो अवसरमा सभालाई उद्घाटन पश्चात सम्बोधन गर्दै प्रमुख अतिथि राम बहादुर पाण्डेले संस्थाको कारोबार वृद्धि सँगै कर्जाको गुणस्तरीयतामा जोड दिनुपर्ने सुझाव दिए । सभामा बिशिष्ट अतिथि डा. आत्मराम घिमिरेले अब संस्थाले व्यवसायिक दायरालाई अझ विस्तार गरी रेमिटेन्स तथा बीमा सम्बन्धी क्रियाकलापलाई पनि जोड दिनुपर्ने सुझाव दिए । साधारण सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम आ.व. २०७५-७६ मुनाफाबाट ०.६३१५७९ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश पारित गर्ने र चुक्ता पूँजी रु. २०,७४,००,००० को १२ प्रतिशतले हुन आउने रकम वरावरको वोनश शेयर वितरण गर्ने निर्णय गरि सो सम्बन्धमा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, संस्थाले अन्य ईजाजत–पत्र प्राप्त घ बर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन (Merger)वा प्राप्ती (Acquisition) गर्ने, समझदारी पत्र( Memorendum of Understanding) मा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पती तथा दायित्वको मुल्यांकन प्रतिवेदन (Due Diligence Audit Report) तयार गर्न परामर्शदाता, मुल्यांकनकर्ता तथा लेखापरिक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने /गाभिने वा प्राप्ती संग सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरु अनुरुप गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पुरा गरि अन्तिम स्वीकृत लिई कार्यान्वयन गर्ने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देशन गरे बमोजिमका विवरणहरु उपलब्ध गराउने लगायत आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले ताकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने लगाएत आर्थिक वर्ष २०७६-७७ का निम्ति बाह्य लेखापरीक्षकका रुपमा के.जे एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्तिको प्रस्ताव पारित गरेको छ ।

साथै साधारण सभाबाट सर्बसाधारण शेयरधनीको तर्फ बाट संचालकमा श्री भावना बलायर र श्री अविनास सिलवाल निर्बिरोध निर्वाचित भएका छन् । २०७३ भाद्र १५ गतेदेखि कारोबार शुरु गरेको संस्थाको २०७६ आसाढ मसान्तसम्ममा १ अर्ब ९२ करोड कर्जा लगानीमा रहिरहेको तथा ४९ करोड निक्षेप संकलन रहेको प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले जानकारी दिए । संस्थाले आर्थिक वर्ष २०७५-७६मा ३ करोड ९५ लाख खुद मुनाफा आर्जन गरेको थियो ।

प्रतिक्रिया