शुक्रबार, वैशाख ७, २०८१

आफ्नो इच्छा पूरा गर्न शनिदेवको पूजा गर्नुस । तपाईको आजको राशी यस्तो छ ।

नेपालखोज २०७६ कार्तिक ९ गते ६:५९

शनिदेवलाई न्यायको देवता मानिन्छ।अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवता । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । शनिदेवलाई खुसी राख्न चाहने व्यक्तिले पनि शनिवारको दिन भोजन गर्दा केही सावधानी अपनाउनुपर्ने हुन्छ
यदि तपाईं शनिवारको दिन दूध अथवा दही सेवन गर्न चाहनुहुन्छ भने त्यसमा हल्दी अथवा अलिकति गुड मिलाउन नभुल्नुहोस् । किनभने सादा दूध र दही शनि देवताले मन पराउँदैनन् ।

शनिवारको दिन रातो खुर्सानी पनि नखानुहोस् । रातो खुर्सानी खाँदा शनिदेव रिसाउँछन् । –शनिवारको दिन चना, मास र मुङको दाल खान सक्नुहुन्छ । तर मुसुरोको दाल खानबाट बच्नुहोस् । मुसुरोको दाल मंगलबाट प्रभावित हुन्छ । जो शनिको क्रुर नजरलाई बढाउन मद्दत गर्छ ।

तपाइँको आजको राशीफल
मेष :  विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ ।

बृष : सन्तानपक्षको मायामा कमी आउनेछ । सहकर्मीबाट विरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । कार्यमा अवरोध आउला ।

मिथुनः जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ ।

कर्कटः जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । रमाइलो यात्रा रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख मिल्नेछ ।

सिंह : श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

कन्याः गरेका काममा ढिलासुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मनमा भय उत्पन्न हुनेछ ।

तुलाः समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

बृश्चिकः एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमि बाट लाभ रहला ।

धनुः विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

मकरः अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । चोटपटकको भयछ सचेत रहनुहोला । मनमा दुविधा उत्पन्न हुनेछ ।

कुम्भः वैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।

मीनःरोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

प्रतिक्रिया