मंगलबार, वैशाख ४, २०८१

दश लाख ५८ हजार नगदसहित जुवाडे पक्राउ

नेपालखोज २०७६ कार्तिक १० गते ८:२५

१० कार्तिक, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले १० लाख ५८ हजार ५१० रुपैयाँ नगदसहित नौ जना जुवाडे पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका– ६ पहारीमार्गस्थित छवि पौडेलले सञ्चालन गरेको होटल क्रिष्टल प्यालेसमा जुवा खेलाइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले तासका गड्डी र नगदसहित जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । जुवाडेलाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया