आइतबार, जेठ ६, २०८१

मानसिक स्वास्थ्य

नेपालखोज २०८० असार ११ गते ५:३२

मानसिक स्वास्थ्य भन्नाले मनोवैज्ञानिक, संवेगात्मक तथा सामाजिक तन्दुरुस्तीलाई बुझाउँछ । विश्व स्वास्थ्य सङ्गठनले मानसिक समस्यालाई साधारण तथा दैनिक आईपर्ने तनावहरू व्यवस्थापन गर्न कठिनाइ भई, दैनिक, घरायसी तथा समाजमा योगदान गर्न बाधा भएको अवस्था भनी परिभाषित गरेको छ ।

मन, शरीर र समाजबीचको अन्तरसम्बन्धले धेरै स्वास्थ्यका कुराहरूलाई प्रभाव पार्छ जसलाई हामी मनोसामाजिक अवस्थाको रूपमा बुझ्छौं । यदि मन, शरीर र समाजको बिचमा तालमेल भएन भने मन खिन्न हुने, दुःख लाग्ने, आफूलाई माया र सम्मान नगरिएको महसुस हुने, विरक्त तथा दिक्दारी लाग्ने आदि हुन्छ जसलाई हामी मनोसामाजिक समस्या भनेर चिन्छौं ।

यदि यस्ता समस्याहरू बढ्दै गएमा गम्भीर मानसिक समस्याहरू पनि देखिन सक्छन् । मानसिक समस्याहरू कुनै वंशाणुगत रूपमा देखा पर्छन् भने कुनै सामाजिक कारणले हुन्छ । कतिपय जैविक कारण जस्तै मस्तिष्कमा हुने गडबडीले हुने गर्दछ ।

मानसिक स्वास्थ्यमा असर पार्ने केही कुराहरू

मानसिक स्वास्थ्यमा थुप्रै कुराले असर पार्ने भएतापनि केही प्रमुख कुराहरू निम्नानुसार छन्ः

प्रसव अघिपछि – गर्भवती महिलालाई चिन्ताको लक्षणहरू देखिन सक्छन् भने प्रसवपछि हर्मोन सम्बन्धी परिवर्तन तथा आमाको भूमिका थप भएर मनोसामाजिक समस्याको जोखिम बढ्छ । महिलाको वैवाहिक सम्बन्ध, माइतको सम्बन्ध र सामाजिक समर्थनले यसलाई असर गर्छ । धेरैजसो महिलालाई हल्का मनोसामाजिक समस्या ९ःबतभचलष्तथ द्यगिभक० भइ छिटो रुन मन लाग्ने, सुत्न गाह्रो हुने, चिडचिडापन आउने गर्छ ।

प्रारम्भिक बाल्यावस्थाको हुर्काइ – प्रारम्भिक बाल्यावस्थामा पाएको अनुभव, हुर्काइ, पोषण उत्प्रेरणा, सिकाइ, अन्तरक्रियाको अवसर, नकारात्मक व्यवहारको कारणले आफू अभिभावक हुँदापनि मानसिक स्वास्थ्यमा प्रभाव पर्छ । मानसिक स्वास्थ्यमा समस्या भएका अभिभावकहरूले बालबालिका हुर्काउदा उनीहरूले बालबालिकालाई बेवास्ता, गाली, पिटाइ, दुर्व्यवहारयुक्त वातावरणमा हुर्काउने सम्भावना बढी हुन्छ । जसको परिणाम फेरी उनीहरूको जीवनमा पनि यही चक्र दोहोरिन्छ ।

घरायसी हिंसा – घरपरिवारमा विभिन्न कारणले गर्दा हुने लैङ्गीक तथा यौन हिंसा, लागुपदार्थ तथा मादक पदार्थ सेवन, झैझगडा तथा व्यवहारिक समस्याको कारणले बालबालिकासहित परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यमा प्रभाव पर्छ ।

गरिबी – परिवारको दैनिक न्यूनतम आवश्यकताहरू पूरा गर्ने (खाना, लुगाफाटा, आवास) क्षमतामा कमी वा नभएको अवस्थामा परिवारमा तनावपूर्ण वातावरण हुन्छ र मानसिक स्वास्थ्यमा प्रभाव पर्छ ।

तनावपूर्ण कार्यक्षेत्र – अभिभावकले काम गर्ने कार्यक्षेत्रमा कामको बोझ, तनावयुक्त तथा चुनौतीपूर्ण कार्य गर्न बाध्य भएमा यसको तनावले सम्बन्धित व्यक्ति तथा परिवारमा समेत तनावयुक्त वातावरण बन्दछ ।

मोबाइल तथा स्क्रिनको प्रयोग – मोबाइल र स्क्रिन ९टिभी, कम्प्युटर आदि०को दूरूपयोगले त्भअजलय क्तचभकक नामक रोग हुन्छ । जसले निन्द्रामा बाधा पर्ने र तनाव उत्पन्न भई मनोसामाजिक समस्याहरू देखापर्छ, जसको कारण मानसिक स्वास्थ्यमा प्रभाव पर्दछ ।

स्रोत : युनिसेफ नेपाल

प्रतिक्रिया