शुक्रबार, चैत ७, २०८१

सम्वन्ध सुमधुर रहेको प्रधानमन्त्री ओलीको भनाई

नेपालखोज २०७६ कार्तिक १० गते १३:४१

१० कार्तिक, काठमाडौं । नेकपाका दुई अध्यक्ष वीच सम्वन्ध चिसिएको खवर सञ्चार माध्यम मात्र होइन सामाजिक सञ्जालहरुमा पनि निकै तातिरहेका बेला नेकपा प्रथम जस्तै रहेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो सम्वन्ध समधुर रहेको बताएका छन् ।
विदेशबाट फर्कने क्रममा आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफू विदेश रहँदा प्रचण्ड नेपाल रहेकाले स्थानको दुरी बढेको तर सम्वन्धको दुरी नबढेको ठट्यौली पारामा बताएका छन् ।

Advertisement

पत्रकारहरुसँग ठट्यौली पारामा नै ओलीले भने, ‘काठमाडौंमा भन्दा काबुमा हुँदा टाढा भयो।’ ओली असंलग्न राष्ट्रको बाकु सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका हुन्।

उनले दुई अध्यक्षबीच दूरी बढ्यो भन्नेहरुको गणित नमिलेको व्यङ्ग्यसमेत गरे। ‘तपाईंहरुको गणित मिलेन’, उनले भने, ‘दूरीको अवस्था छैन।’

प्रतिक्रिया