शनिबार, असोज २६, २०८१

घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

नेपालखोज २०७७ जेठ १० गते १९:५४

काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले घरभित्रै बसेर ईदुउल फित्रका अवसरमा नमाज पढ्न आग्रह गरेको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज पढ्न आग्रह गरेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा अन्सारीले सामूहिकरुपमा नमाज पढ्दा कोरोना सङ्क्रमण हुने जोखिम बढी भएकाले घरमै बस्न आग्रह गरे ।

‘लकडाउन’लाई अक्षरशः पालना गर्न उनले आह्वान गरे । रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदुउल फित्रका दिन मस्जिदमा गई सामूहिक नमाज पढ्ने प्रचलन मुस्लिम समुदायमा रहेको छ ।

प्रतिक्रिया