बुधबार, वैशाख १२, २०८१

पर्यटन वर्ष लक्षित हिमालयन एयरको बेइजिङ उडान

नेपालखोज २०७६ कार्तिक १० गते १५:४९

१० कार्तिक, काठमाडौं । तिहारको लक्ष्मी पूजाका दिन पारेर हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको बेइजिङको पहिलो उडान सुरु गरेको छ । हिमालय एयरलाइन्सले शुरु गरेको उडानलाई शुभकामना दिँदै पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टरईले यस उडानले नेपाल आउने चिनियाँ पर्यटकहरुलाई निकै नै सहज हुने बताए ।
उनले नेपाल सरकारले मनाउँदै गरेको नेपाल भ्रमण वर्ष २०२० का लागि यस उडानले चीनबाट नेपाल आउने पर्यटकहरुलाई अझ सहज बनाएको समेत बताए ।

प्रतिक्रिया