मंगलबार, कार्तिक ४, २०७७

दुुई महिनामा भित्रियो एक खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ बिप्रेषण

नेपालखोज २०७६ कार्तिक १२ गते १६:५७

१२ कार्तिक, काठमाडौं । बिप्रेषण आप्रवाह अर्थात रेमिटेन्स रकम घटेको छ । नेपाल राष्ट्र बैंकका अनुुसार चालुु आर्थिक बर्षको पछिल्लो दुुई महिनाको अवधिमा विप्रेषण आप्रवाह शुन्य दसमलव तीन प्रतिशतले घटेर एक खर्ब ५३ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३ दसमलव चार प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक दसमलव तीन प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २२ दसमलव तीन प्रतिशतले बढेको राष्ट्र बैंैकले जानकारी दिएको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति शुन्य दसमलव आठ प्रतिशतले वृद्धि भई एक खर्ब ७६ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३४ दसमलव एक प्रतिशतले बढेको थियो । यसैगरी समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या शुन्य दसमलव दुुई प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १० दसमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या नौ दसमलव आठ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैकका अनुसार चालुु आवको पछिल्लो दुुई महिनामा चालु खाता घाटा २१ अर्ब ७९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३५ अर्ब १६ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महिनासम्ममा ३१ करोड ६६ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा १९ करोड २५ लाख कायम भएको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति आठ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २५ अर्ब ४५ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दुई महिनासम्ममा २३ करोड नौ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा सात करोड ८५ लाखले बचतमा रहेको छ ।

यसैगरी मीक्षा अवधिमा पुँजीगत ट्रान्सफर दुई अर्ब ९६ करोड र प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब ९८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर दुुई अर्ब ८० करोड र प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब २३ करोड रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया