शनिबार, जेठ ५, २०८१

चौबीस घण्टामा ६५८ संक्रमित, १ जनाको मृत्यु

नेपालखोज २०७९ भदौ ६ गते १६:०७

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ६५८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमनबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।

मन्त्रालयका अनुसार ६ हजार ६ सय ४३ जनाको नमुना परीक्षण गर्दा ६५८ जनामा कोरोना संक्रमण देखिएको हो ।

३ हजार ३८१ जनाको पीसीआर परीक्षण गर्दा ४०५ जनामा र ३ हजार २६२ जनाको एन्टिजेन परीक्षण गर्दा २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४५६ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ४ हजार २९६ पुगेको छ ।

प्रतिक्रिया