बिहीबार, वैशाख १३, २०८१

बैक तथा फाईनान्स कम्पनीहरुको कुुल शाखा संख्या झण्ढै नौ हजार

नेपालखोज २०७६ कार्तिक १३ गते ११:५३

१३ कार्तिक, काठमाडौं । बैक तथा फाईनान्स कम्पनीहरुको कुुल शाखा संख्या झण्डै नौ हजार पुुगेको छ । नेपाल राष्ट्र बैंकले सबै क्षेत्रमा बित्तीय पहुंच बिस्तार गर्नेे रणनीति कार्यान्वयनमा ल्याएसंगै बैकहरुको शाखा संख्या बढेको हो ।

अहिले २८ वटा बाणिज्य बैक, २८ वटा बिकास बैंक, २२ वटा फाईनान्स कम्पनी, ८९ वटा लघुुबित्त बित्तीय संस्था र एउटा पुुर्वाधार बिकास बैक समेत गरी एक सय ६८ वटा संस्थाहरु सञ्चालनमा रहेकाछन । यि सबैको कुुल शाखा संख्या चालुु आर्थिक बर्षको पछिल्लो दुुई महिनाको अवधिसम्ममा आठ हजार नौ सय ७० पुुगेको छ । राष्ट्र बैंकका अनुुसार यसअघि २०७६ को असार मसान्तसम्ममा बैंक तथा फाईनानस कम्पनीहरुको कुुल शाखा संख्या आठ हजार छ सय ८६ रहेको थियो ।

यसैगरी वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७६ भदौ मसान्तसम्म कुल एक सय ७६ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भईसकेका छन् । यसमध्ये एक सय ३२ संस्थाको इजाजत खारेज हुन गई कुल ४४ संस्था मात्र कायम भएको जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।

चालु आर्थिक बर्षको भदौ मसान्तसम्म सात सय ५३ स्थानीय तहमध्ये सात सय ३९ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन । सोही आधारमा अब बाँणिज्य बैकहरुको शाखा पुग्न बाँकी रहेको स्थानीय तहको संख्या १४ मात्र पुुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया