शनिबार, माघ २६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार नसकिएपछि भर्ना गरियो

नेपालखोज २०७६ कार्तिक १३ गते १८:००

१३ कार्तिक, काठमाडौं । आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालले भर्ना गरिदिएको छ ।

Advertisement

स्वास्थ्य परीक्षण गराउन पुगेका प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण पूरा नभएको भन्दै अस्पतालले भर्ना गरेको हो । ओलीलाई अस्पताल भर्ना गरिएपछि अस्पतालका मेडिकल डाईरेक्टर समेत रहेका चिकित्सक चक्रराज पाण्डे र प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी सोही अस्तपालकी नेफ्रोलोजी तथा ट्रान्सप्लाण्ट मेडिसिन विभागकी अध्यक्ष डा दिव्यासिहले संयुक्त हस्ताक्षर गरी विज्ञप्ति निकालेका छन् ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यू आफ्नो नियमित उपचार तथा स्वास्थ्य परीक्षणका क्रममा आज मिति २०७६ कार्तिक १३ गते बुधबार यस ग्राण्डि इन्टरनेशनल हस्पिटलमा भर्ना हुनु भएको छ । उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ । ‘सम्माननीयज्यूको आवश्यक परीक्षणहरु पूरा भएपछि आज राति वा भोलिसम्ममा यस हस्पिटलबाट डिस्चार्ज गरिनेछ’ ।

प्रतिक्रिया