शुक्रबार, वैशाख १४, २०८१

थापाथलीदेखि टेकु दोभानसम्मको घाट संरक्षण गरिने

नेपालखोज २०७६ कार्तिक १४ गते १२:२०

१४ कार्तिक, काठमाडौं । सम्पदा संरक्षणका लागि स्थानीयवासीको सहयोगमा स्थानीय सरकार जुट्ने हो सहजै हाम्रा सम्पदा संरक्षण गर्न सकिन्छ भन्ने अनुभूति काठमाडौं महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष हिरालाल तण्डुकार प्रस्तुत गरेका छन् ।

पशुपति क्षेत्र पछिको सवै भन्दा लामो घाटका रुपमा रहेको थापाथलीदेखि टेकु दोभानसम्मको तीन किलोमिटर क्षेत्रको घाट संरक्षणको कार्यमा अध्यक्ष तण्डुकार जुटेका छन् ।

प्राचीन महत्वको घाट क्षेत्र बढ्दो शहरीकरणसँगै अहिले मानव अतिक्रमणमा परेको छ । घाटमात्र होइन, नदी किनारा पनि अतिक्रमण्मा परेको छ । घाट छेउमा रहेका अधिकांश मठ मन्दिर परिसरमै मानिसहरु स्थायी आवास निर्माण गरी बसेका छन् ।
घाट त्यसका वरपर रहेका मठमन्दिर र बाग्मती समेत संरक्षण गर्नका लागि वडा अध्यक्ष तण्डुकारले स्थानीयवासी, जनप्रतिनिधि, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका, बाग्मती नदी सफाइ अभियान्ता तथा स्थानीय बुद्धिजीवि सहितको छलफल चलाएका छन् । छठ लगतै आफूहरु घाट संरक्षणका लागि जुट्ने तण्डुकारको भनाई छ ।

आफू निर्वाचित भएर आए पश्चात पहिलो प्राथमिकतामा घाट संरक्षण राखेको बताउँदै तण्डुकार भन्छन्,‘घाटसँगै मठ मन्दिर, देवालय, पार्क , हरियाली बनाउनका लागि चालु आर्थिक वर्षको बजेटनै व्यवस्था गरेको छु । ’

सो घाट क्षेत्र संरक्षण्का लागि वडा कार्यालयले मात्र होइन प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले पनि उत्तिकै चासो लिएका देखिन्छन् । लफलमा सहभागी भएका श्रेष्ठ भन्छन्, हामीले बागमती सरसफाई अभियान चलायौं अव अभियान मात्र होइन स्थानीय समुदाय र खोला छेउमा बसोबास गर्ने सवै नागरिकलाई बाग्मती तथा घाट संरक्षणका लागि संलग्न गराउनु पर्दछ ।’

बागमती सरसफाई अभियान शुरु गरेको लामो समय भईसक्दा पनि बागमती अझै सफा हुन सकेको छैन । त्यस्तै बागमती छेउछाउ अझै पनि सुकुम्वासी बस्ती त्यहि अवस्थामा छन् भने दिनादुदिन बस्ती बढ्दै गईरहेको देखिन्छ । मठ मन्दिर समेत अतिक्रमणमा पर्न थालेपछि थापाथलीदेखि टेकु दोभानसम्मको घाट संरक्षण गर्न हिरालाल तण्डुकार कस्सिएर लागिपरेका छन् ।

प्रतिक्रिया