शनिबार, वैशाख ८, २०८१

कृष्णनगरमा हिन्दु र मुसलमान बीच झडप, प्रहरीको गोली लागी कर्फ्यू उल्लंघन गर्नेको ज्यान गयो

नेपालखोज २०७६ कार्तिक १४ गते १३:००

१४ कार्तिक, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुसलमान बीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

लक्ष्मीको मूर्ति बिसर्जन गर्ने विषयमा हिन्दु र मुसलमान बीच भएको विवादले  झडपको रूप लिएको हो । घटनाले उग्ररूप लिएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । कर्फ्यू आदेश उल्लंघन गरेको भन्दै प्रहरीले कृष्णनगर नगरपालिका-२ का स्थानीय सुरजकुमार पाण्डेलाई गोली हानेको छ । गोली लागी पाण्डेको मृत्यु भएको छ।

प्रशासनले बिहान ११ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

हिजो साँझ लक्ष्मी मूर्ति सेलाउने विषयमा विवाद पछि झडप भएको थियो । सोही झडपको कारण करीब १ दर्जन मूर्ति सेलाउन बाँकी रहेको छ।

प्रतिक्रिया