शनिबार, असार २१, २०८२

प्रधानमन्त्री दाहाल बेइजिङमा

नेपालखोज २०८० असोज ७ गते १२:३०

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुगेका छन् ।

चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ आइपुगेका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ आइपुगेका हुन् ।

प्रधानमन्त्री दाहालले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन् ।

चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् ।

प्रतिक्रिया