बिहीबार, चैत १५, २०८०

महरा प्रकरण : जबर्जस्ती करणी उद्योगको मुद्दा

नेपालखोज २०७६ कार्तिक १४ गते १६:५०

१४ कार्तिक, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध करणीको उद्योग गरेको अभियोगमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराविरुद्ध संसद सचिवालयकी एक कर्मचारीलाई करणीको प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ ।

जिल्ला सहन्यायाधिवक्ता नुमराज खनालका अनुसार जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध मु्लुकी अपराधसंहिताको दफा २१९ को उपदफा ३ को ९ङ० बमोजिम हुने सजायमा संहिताको दफा ३४ को ३ बमोजिम कसूर गरेको अभियोगको मागदावी गरेको छ ।

मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को ९ङ० मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ । तर दफा ३४ को ३ मा कसूरको उद्योग गर्ने व्यक्तिलाई तोकिएको सजायको आधामात्र सजाय हुनेछ । यस अनुसार सरकारी वकिल कार्यालयले महराविरुद्ध साढे ३ वर्षदेखि ५ वर्षको कैद सजाय माग दावी गरेको छ ।

तर महराले सरकारी ओहोदामा रहेर करणी उद्योग गरेको भन्दै सरकारी वकिल कार्यालयले उनीविरुद्ध डेढ गुणा बढी सजायको माग गरेको  छ ।

महराले संघीय संसदको सभामुखको दुरुपयोग गरी कसूर गरेकाले उनीविरुद्ध फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन दफा १५ को उपदफा २ को ९ङ० को बमोजिम थप सजाय पनि माग गरिएको सहन्यायाधिवक्ता खनालले जानकारी दिए ।

उक्त उक्त व्यवस्था अनुसार कुनै सरकारी कार्यालय वा सार्वजनिक वा संगठित संस्थाको पद, ओहोदामा बहाल रहेको अवस्थामा पदको दुरुपयोग गरी कसूर गरेमा डेढ गुणा बढी सजाय हुने उल्लेख गरिएको छ । यो मागदावी अनुसार महराविरुद्ध सरकारी वकिल कार्यालयले ५ वर्षदेखि साढे ७ वर्षसम्म कैद सजाय हुन सक्नेछ ।

अभियोगसाथ महरालाई जिल्ला अदालतमा उपस्थित समेत गराइएको छ । केहीबेरमा अभियोग दर्ता हुने अदालतका एक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया