शनिबार, वैशाख १५, २०८१

सरकारी वकिल, आईजीपी र डीआईजीले रौतहटमा बम विस्फोट भएको स्वीकारे

नेपालखोज २०७६ कार्तिक १५ गते ७:११

१५ कार्तिक, काठमाडाैं । तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यलय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले बम विस्फोट भएको स्वीकारेका छन् । उनीहरूले २०७४ चैत २७ मा रौतहटमा बम विस्फोट भएको घटना स्वीकारेका हुन् ।

विस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पक्राउ परेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्द आफताब आलमले घटना नै नभएको दाबी गरिरहेको बेला उनीहरुले रौतहट प्रहरीको अनुसन्धान टोलीलाई बयान दिने क्रममा त्यतिबेला बम विस्फोट भएको बताएका हुन् ।

तत्कालिन आईजीपी राणा र एआईजीबाट अवकाश प्राप्त गौतमले रौतहटको राजपुरमा बम विस्फोट भएको जानकारी त्यतिबेला रौटहट प्रहरीबाट पाएको स्वीकार गरेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

प्रतिक्रिया