बिहीबार, वैशाख १३, २०८१

रौतहट बम काण्ड : आमल विरुद्ध तीन मुद्दाको तयारी

नेपालखोज २०७६ कार्तिक १५ गते १२:२४

१५ कार्तिक, काठमाडौँ । राजपुर बमकाण्डमा पक्राउ गरेको मोहम्मद आफताब आलमविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा सहित थप दुई कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।

रौतहट प्रहरीले बमकाण्डमा पक्राउ परेका मोहम्मद आफताव विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार रायसहितको प्रतिवेदन पेस गर्न लागेको छ ।

सर्लाही घर भएका ५९ वर्षीय सफी अहमदलाई विस्फोटमा पारी ज्यान लिने उद्देश्यको कसुर गरेको र विस्फोटक पदार्थसम्बन्धी मुद्दा तयार पारेको छ ।

आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको मुद्दा चलाउन लागिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक (डिएसपी ) नविन कार्कीले बताउनुभयो ।

उहाँका अनुसार सबै कसुर उपर अनुसन्धान सकेर सजाय माग दाबी सहित सरकारी वकिलको कार्यालयमा मिसिल बुझाउन लागेको जानकारी दिएको छ ।

प्रतिक्रिया