शुक्रबार, वैशाख १४, २०८१

एमाले नेता खरेलले भने, ‘कसैले स्थानीय तहको निर्वाचन सारे सहन सकिन्नँ’

नेपालखोज २०७८ माघ ११ गते १३:३४

काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नी खरेलले स्थानीय तहको निर्वाचनको समय संविधानले तोकेको पाँच वर्ष अवधिभन्दा एकदिन पनि थप्न नसक्ने बताएका छन् ।आज (मंगलबार) झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यदि संविधान उल्लंघन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने चेतावनी दिएका छन् ।

उनले भने, ‘वैशाखमा हुनुपर्ने चुनाव मङ्सिरमा सार्न मिल्दैन । यो स्थानीय निकाय होइन, स्थानीय सरकार हो । संविधानमा यसको अवधि पाँच वर्ष हुने स्पष्ट व्यवस्था छ ।’ चुनाव नगर्ने र विगतको जस्तै जनप्रतिनिधिविहीन अन्योलको अवस्थामा स्थानीय तहलाई धकेल्न सरकार उद्यत रहेको उनको आरोप थियो ।

स्थानीय तहमा पाँच वर्ष तोकिएको अवधि एकदिन पनि बढाउन नमिल्ने र एक दिन जनप्रतिनिधिविहीन पनि राख्न नमिल्ने नेता खरेलको धारणा छ । अर्ली इलेक्सन वा तीनवटै तहको सरकारको चुनाव एकैपटक गर्ने भन्ने कुरा चुनाव नगर्ने योजना भएको एमाले नेता खरेलको आरोप छ ।

प्रतिक्रिया