बुधबार, वैशाख १९, २०८१

२२ वर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा बावु पक्राउ

नेपालखोज २०७६ कार्तिक १५ गते १३:३९

१५ कार्तिक, काठमाडौँ। छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २२ बर्षीया छोरीलाई पटक पटक बलात्कार गरेको आरोप ३८ वर्षका कोल्हवी–२ बस्ने एक व्यक्तिलाई पक्राउ गरिएको हो ।

बिहीबार उनकी छोरी अर्थात पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । पीडितको उजुरीको आधारमा उनका बुवालाई प्रहरीले पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पिडकलाई जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई घटनाबारे अनुसन्धान थालिएको छ । पीडित महिलाको ०७५ माघमा विवाह भएको थियो । उनि घरमा कुरा नमिलेपछि माइतीमै बस्ने गरेकी थिन् । त्यही बेला बुवाले आफूलाई पटक पटक जबरजस्ती करणी गरेको पीडित महिलाको बयान छ ।

प्रतिक्रिया