बुधबार, वैशाख १२, २०८१

कसरी स्थापित भएको थियो भारतमा गणतन्त्र, नेपालमा किन धरमर्राईरहेछ

नेपालखोज २०७६ कार्तिक १६ गते १२:१९

१६ कार्तिक, काठमाडौं । नेपालमा गणतन्त्र स्थापना भएको १२ वर्ष वितिसकेको छ । यस अवधिमा जनताले गणतन्त्रको महसुस गर्न पाएका छैनन् भन्ने प्रश्न पनि उठिरहेको छ । कतिपयले नेपालमा जर्वजस्ती छिमेकी मुलुक भारतले तात्कालिन राजा ज्ञानेन्द्र शाहलाई तह लगाउने सोचले नेपालमा आन्दोलनरत राजनीतिक दलहरुलाई लोकतन्त्र र गणतन्त्रको नारा लगाउन निर्देशित गरेको आरोप पनि लाग्दै आईरहेको छ ।

तात्कालीन समयमा निरंशुक राजतन्त्रको विरुद्धमा सडक आन्दोलन भएको भएपनि राजतन्त्र नै हटाउने गरी दिल्लीमा भएको १२ बुँदे सहमति नभएको तात्कालिनका सत्ता पक्ष र आन्दोलनपक्षधरहरुले अनौपचारिक रुपमा बताउँछन् । तर उनीहरु औपचारिक रुपमा त्यस्ता धारणा राख्न डराउँदै आईरहेका छन् ।

अहिले गणतन्त्रनै मासिने खतरा बढ्दै गईरहेका नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालनै बताउँदै आईरहेका छन् । तिहारको भाईटिकाका दिन पूर्व राजा ज्ञानेन्द्र शाहले परिवर्तनका विषयमा आफ्नो अभिव्यक्ति दिईसको छन् । जसमा परिवर्तनकारीहरुले बाचा भुलेकाले उनीहरुलाई नै अप्ठ्यारो पर्न सक्ने संकेत दिए । यसको मतलव गणतन्त्र नेकपाका अध्यक्षद्वयले भने जस्तै खतरामा हो त ? नेपालमा कसरी गणतन्त्र स्थापित भयो भन्ने चर्चा गरिरहनु पर्ने छैन तर यस विषयमा चर्चा गरिरहँदा नेपालमा गणतन्त्र स्थापना गर्न विशेष भूमिका रहेको भनिएको छिमेकी देश भारतमा गणतन्त्र कसरी आयो त्यसको इतिहास प्रस्तुत गरिएको छ ।

सन् १८७७ मा ब्रिटिस महारानी भिक्टोरियालाई भारतको सामज्ञीको रुपमा घोषणा गर्दा भारतमा सात सयभन्दा बढी राजा रजौटा थिए । ब्रिटिस शासनअन्तर्गत रहेको भारतीय सरकार र यी राजा–रजौटाबीचको सम्बन्ध विभिन्नखाले थियो । कहीँ गठबन्ध, कहीँ संरक्षण, कहीँ रेखदेख र कहीँ पूर्ण नियन्त्रण थियो । यसैगरी, यी राजा–रजौटाहरको भूभाग पनि कुनै विशाल थिए, कुनै स – साना । ठूला भूभागहरूको हैदराबाद, बरोडा, मैसुर, र जम्मु कस्मिर भने भाइस रायको प्रत्यक्ष प्राधिकार अन्तर्गत रहेका थिए । अन्य अधिकांश राजा–रजौटाको भूभाग प्रान्तीय गभर्नरप्रति जिम्मेवार ब्रिटिस राजनीतिक प्रतिनिधिअन्तर्गत रहेको थियो ।

भारत स्वतन्त्र हुनुअघि नै १८ जुलाइ १९४७ मा भारतीय राज्यका शासकहरू सार्वभौम शासक बने । उनीहरू भारत वा पाकिस्तान कुनैसँग गाभिन वा स्वाधीन रहन स्वतन्त्र थिए । भारतीय स्वतन्त्र आन्दोलनमा लागेका नेताहरूले भारतीय शासकहरूलाई भारतमा गाभिन आग्रह गरे । भारत स्वतन्त्र भएको दिन १५ अगस्ट १९४७ सम्ममा प्रायजसो सबै राजा रजौटाहरूले भारतमा गाभिने दस्तावेजमा हस्ताक्षर गरे । तर, हैदराबाद, जम्मु कस्मिर र जुनागढले दुवैमध्ये कुनैमा पनि गाभिन मानेनन् ।

पाकिस्तान समर्थित आक्रमणकारी कविला सरदाविरूद्ध जम्मु कस्मिरका महाराजा हरि सिंह भारतीय सैनिक हस्तक्षेपलाई गुहार्न बाध्य भए । त्यसपश्चात जम्मु कस्मिर भारतमा गाभिन पुग्यो । कस्मिरकै मुद्दालाई लिएर १९४८ मा भारतमा र पाकिस्तानमा पहिलो युद्ध भयो । कस्मिर भारत अधीनस्थ र पाकिस्तान अधीनस्थ कस्मिरको रूपमा विभाजित भयो । दुई बाँकी राज्य हैदराबाद र जुनागढलाई सैन्यबलका साथ भारतमा गाभियो ।

२६ अक्टोबर १९४९ संविधानसभाले भारत र गाभिएका भारतीय राज्यहरू तथा गाभिन सक्झौता गरेका अधिराज्य वा राज्यका लागि नयाँ संविधानलाई अन्तिम रूप दियो ।

२६ जनवरी १९५० मा भारत गणतन्त्र बन्यो । सन् १९५६ सम्मा स्वेच्छतापूर्वक केन्द्रीय राज्यमा गाभिने व्यवस्था खारेज गरियो । भाषा र जनजातिका आधारमा नयाँ राज्य सिर्जना गरिए । यसले पूर्वराजा रजौटामा अस्तित्वमा रहेको परम्परागत सम्बन्धलाई च्यात्यो । पूर्वराजा रजौटालाई राजकीय भत्ताको व्यवस्था गरिएको थियो । तर, प्रधानमन्त्री इन्दिरा गान्धीले ६ सय ५० भन्दा बढी राजा रजौटाको राजकीय भत्ता खारेज गरिदिइन् । राजा रजौटालाई सम्पूर्ण रूपमा समाप्त गर्ने प्रक्रिया १९७१ मा मात्र टुङ्गियो र भारतमा गणतन्त्र स्थापना भयो ।

जुन अहिलेसम्म निरन्तर चलिरहेको छ । भारतमा ६९ वर्षदेखि गणतन्त्र निरन्तर चलिरहेको भएता पनि नेपालमा एक दशक नाघिरहँदा गणतन्त्रको खतरा राजनीतिक दलहरुले देखिरहेका छन् किन होला ? कहाँको निर्देशनमा गणतन्त्र स्थापना भयो १२ वर्ष नवित्दै कसरी गणतन्त्र खतरामा प¥यो र किन धर्मराईरहेको छ । जनतालाई राजनीतिक दलहरुले स्पष्ट नपार्ने र गणतन्त्र खतरामा मात्र देख्दा साँच्चै नै खतरामा हो त गणतन्त्र ?

प्रतिक्रिया