लकडाउनमा थप कडाइ, एक जिल्लाबाट अर्काेमा जान नपाइने
नेपालखोज
२०७६ चैत २२ गते २०:३४
काठमाण्डौ । कोरोना भाइरस संक्रमण तथा रोकथाम गर्न सरकारले लागू गरेको लकडाउनमा थप कडाइ गरिने भएको छ ।
मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।
कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।
सम्बन्धित
प्रतिक्रिया