शुक्रबार, वैशाख १४, २०८१

चन्द्रागिरी नगरपालिकाले पनि नगरप्रहरीको व्यवस्था गर्ने

नेपालखोज २०७६ कार्तिक १६ गते १२:४८

१६ कार्तिक, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकाले पनि आफू मातहतमा रहने गरी नगरप्रहरीको व्यवस्था गर्ने भएको छ । चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले आगामी बर्षदेखि नगरपालिकाले आफ्नै नगरप्रहरीको व्यवस्था गर्न लागिएको बताएका छन् ।
महानगरीय प्रहरी प्रभाग, बलम्बुको हाताभित्र समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दुर्गादेवी मन्दिरको संयुक्त उद्घाटनलाई सम्वोधन गर्ने क्रममा प्रमुख गिरीले सो कुरा बताउँदै काठमाडौँ प्रदेशद्वारका रुपमा रहेको नागढुङ्गा कलङ्की सडककोे सौन्दर्य विकासमा आफूले जोड दिईरहेको समेत बताए ।
उनले भने, ‘ “नागढुङ्गा कलङ्की सडकमा गुड्ने सार्वजनिक यातायातबाट फोहर फाल्न प्रतिबन्ध लगाएका छौँ ।” नगरको शान्ति सुरक्षा कायम गर्न तथा मादक पदार्थ, लागुपदार्थ नियन्त्रण गर्न नेपाल प्रहरीलाई नगरपालिकाले सहयोग गर्दै उनले जनप्रतिनिधिबाट प्रहरीलाई भनसुन, सिफारिस गर्ने कार्य नगरिएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया