शुक्रबार, चैत १६, २०८०

प्रदेश १ का अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

नेपालखोज २०७७ माघ ३ गते १३:०७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् ।

काठमाडौंको तीनकुनेस्थित रोयल व्याङ्क्वेटमा आयोजित आफ्नो समूहको भेलालाई शनिबार दिउँसो सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

दिउँसो १ बजे रोयल बैंक्वेटमा हुने प्रदेश १ का अगुवा कार्यकर्ता भेलामा दाहाल–नेपाल समूहले कार्यकर्ता तहमा पु-याएको भ्रम चिर्ने रणनीति एवं चुनाव केन्द्रित प्रशिक्षण दिन लागेको हो ।

भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस सल्लाहकार थापाले जानकारी दिए ।

प्रतिक्रिया