शुक्रबार, वैशाख ७, २०८१

सुनकोशी नदीमा बस खस्दा ४ जनाको मृत्यु, ठुलो मानविय क्षतिको आशंका

नेपालखोज २०७६ कार्तिक १७ गते १४:१०

१७ कार्तिक, काठमाडौँ । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ठुलो मानविय क्षेतिको अनुमान गरिएको छ ।

बा २खा ७२४५ नम्बरको यात्रुबहाक बस चौतारा साँगाचोकगढी नगरपालिका ९ को सुकुटे नजिकै सुनकोशी नदिमा खसेर दुर्घटनाग्रस्त भएको हो ।

प्रहरीका अनुसार दिउँसो करिब १ बजे अन्दाजी ४० जना यात्रु बोकेको बस सुनकोशी नदीमा खसेको थियो। दुर्घटनामा परी हालसम्म ३ जनाको मृत्यु भइसकेको र १५ जना घाइतेको उद्धार गरिएको छ ।

प्रतिक्रिया