बिहीबार, चैत १५, २०८०

प्रदेश प्रमुखको नाममा माधव नेपालको असहमति, वैठकमा लेखे ‘नोट अफ डिसेन्ट’

नेपालखोज २०७६ कार्तिक १८ गते १७:११

१८ कार्तिक, काठमाडौं । प्रदेश प्रमुखको नियुक्तिका लागि नेकपा अध्यक्षद्वय ओली र दाहालले एकलौटी ढंगले भागबण्डा लगाएको आरोप लगाउँदै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा भएको नेकपाको सचिवालय वैठकमा प्रदेश प्रमुखहरुको नाममा नेपालले लिखित रुपमा नै असहमति जनाएका हुन् ।
प्रदेश प्रमुखका लागि ओलीका तर्फबाट ४ र दाहालका तर्फबाट ३ जनाको नाम सिफारिसमा गरिएपछि नेपाल आक्रोशित हुँदै सचिवालय वैठकमा नोट अफ डिसेण्ट लेखेका हुन् । विगतमा पनि नेपालले कतिपय नियुक्तिका कुरामा असहमति जनाउँदै आईरहेको भएतापनि सहेर नै बसेका थिए ।

अहिले भने आफू निकट एक जना पनि प्रदेश प्रमुखमा सिफारिस नभएपछि उनी अध्यक्ष द्वयसँग अत्यन्तै क्रुद्ध बनेका हुन् । नेपालले आफू निकट रहेका अमृत बोहरा, प्रदीप नेपाल, विश्वकान्त मैनाली, रघुजी पन्त, श्रीमाया थकालीको नाम प्रदेश प्रमुखका लागि सिफारिस गरेका थिए। तर कसैलाई पनि नियुक्तिका लागि सिफारिस नगरिएपछि उनी आक्रोशित भएको बताएको छ ।

प्रतिक्रिया