आइतबार, वैशाख १४, २०८२

बाँदरलाई ताकेको बन्दुकको छर्रा लागेर युवकको मृत्यु

नेपालखोज २०७६ कार्तिक १९ गते ७:४३

१९ कात्तिक, ओखलढुंगा । बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको छर्रा लागेर एक युवकको मृत्यु भएको छ।

मोलुङ गाउँपालिका–३ थुम्किमा बाँदर धपाउन प्रयोग गरिएको बन्दुकको छर्राले लागेर १७ वर्षीय लालमान तामाङको मृत्यु भएको हो।

छर्रा लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौं लैजाँदै गर्दा सिन्धुलीको खुर्कोटमा मृत्यु भएको आफन्तले बताए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

प्रतिक्रिया