शुक्रबार, वैशाख १४, २०८१

नवनियुक्त प्रदेश प्रमुखको शपथ बिहान ९ बजे राष्ट्रपति कार्यालयमा !

नेपालखोज २०७६ कार्तिक १९ गते ८:४०

काठमाडौं, १९ कात्तिक । नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण आज हुँदैछ। राष्ट्रपति कार्यालयका अनुसार बिहान ९ बजेराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण गराउने कार्यक्रम रहेकाे छ ।

राष्ट्रपति कार्यालयका अनुसार प्रदेश नं १ को प्रमुखमा सोमनाथ अधिकारी प्यासी, प्रदेश नं २ मा तिलक परियार, प्रदेश नं ३ मा विष्णुप्रसाद प्रसाईं र गण्डकी प्रदेशमा अमिक शेरचन यस्तै प्रदेश नं ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त नियुक्त भएका छन् ।

प्रतिक्रिया