शुक्रबार, वैशाख १४, २०८१

प्रभु दोश्रो गलकोट घुम्टे महोत्सव हुँदै

नेपालखोज २०७६ कार्तिक १९ गते १६:०८

१९ कार्तिक, काठमाडौं । नजिकिँदै गईरहेको नेपाल भ्रमण २०२० लक्षित गरी नेपाल भित्रको नेपालका रुपमा चिनिने गण्डकी प्रदेशको बाग्लुङ जिल्ला स्थित गलकोटमा प्रभु दोश्रो गलकोट घुम्टे महोत्सव हुने भएको छ । आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म गलकोट नगरपालिका–५, हरिचौर स्थित बसाहाफाँटमा सो महोत्सव हुन लागेको हो ।
गलकोट पर्यटन विकास केन्द्रले आयोजना गर्न लागेको सो महोत्सवमा गलकोट क्षेत्रका विविध सांस्कृति सम्पदा, पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिइने छ । महोत्सवमा गलकोट भित्रका गीत संगीत, भजन किर्तन, घाटु नाच, साराङ नाच, बर्खे जात्रा लगायतका सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिने तयारी गरिएको छ ।
महोत्सवमा गलकोटमा उत्पादन भएका विभिन्न बस्तुहरुको समेत प्रर्दशनी गर्नका लागि तयारी भईरहेको र महोत्सव अवधिभर राष्ट्रिय एवं स्थानीय कलाकारहरुको विभिन्न प्रस्तुति रहने कार्यक्रम काठमाडौं संयोजक भूपिन्द्र खत्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया