मंगलबार, असार ३, २०८२

भारतको नयाँ नक्सामा नेपालका कालापानी–लिपुलेक पनि !

नेपालखोज २०७६ कार्तिक २० गते ७:०६

२० कार्तिक, काठमाडौं । भारतले सार्वजनिक गरेको उसको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक आफ्नो भूभागमा राखेको भेटिएको छ। करिब ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको भारतले नेपाली भूभाग आफ्नो नक्सामा राखेको हो।

भारतले पाकिस्तानी प्रशासित जम्मु कश्मीरसमेत आफ्नो नकसामा समेटेर सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेकलाई आफ्नो बनाएको हो। भारतले जम्मु कश्मीर र लदाखलाई दुई प्रदेश बनाएर नक्सा जारी गरेको छ। पाकिस्तान प्रशासित कश्मीर (पीओके) पनि भारतको त्यो नयाँ नक्सामा परेको हुँदा पाकिस्तानले विरोध गरेको छ। उसले त्यो नक्सा मान्य नहुने भन्दै संयुक्त राष्ट्र संघमा जाने चेतावनी दिएको छ। यस विषयमा नेपालले भने औपचारिक धारणा सार्वजनिक गरेको छैन।

भारतले १९६२ देखि नै नेपालको कालापानीमा भारतीय सेना राखेर कब्जा गर्दै आएको छ। सुगौली सन्धिमा लिम्पियाधुरासमेत नेपालीमा छ। नेपालकै आधिकारिक नक्सामासमेत लिम्पियाधुरा समेटिएको छैन। भारतले कुटी, गुन्नी, नावी, कालापानीलगायतका ठाँउ अतिक्रमण गर्दै आएको छ।

भारतले जारी गरेको नक्सा सुगौली सन्धि विपरित छ । यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

प्रतिक्रिया